काठमाडौं, २७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

२ हजार ७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ८२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भइसकेको छ ।