एजेन्सी, २७ चैत । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले २१ मेमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । उनले सन् २०१८ मा अष्ट्रेलियाको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका थिए ।

मोरिसनको नेतृत्वमा बनेको गठबन्धनमा अष्ट्रेलियाको संसदमा अहिले ७६ सिट छन् । अष्ट्रेलियामा सरकार बनाउनका लागि यति सिटको आवश्यकता पर्दछ ।

यसअघि त्यहाँ भएका विभिन्न निर्वाचनका सर्भेहरुले अष्ट्रेलियामा मोरिसनको सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको देखाएका छन् । विपक्षी लेबर पार्टी सरकारमा आउनसक्ने सम्भावना रहेको बताइएको छ ।

तर, यसअघिको निर्वाचनमा भएका सर्वेक्षणहरुमा मोरिसनको हारको प्रक्षेपण गरिएको थियो । तर, स्कट मोरिसनले निर्वाचन जितेका थिए ।

पछिल्ला दिनमा स्कट मोरिसनमाथि विभिन्न आरोप लागेका छन् । यसका कारण उनको लोकप्रियतामा कमी आएको अनुमान गरिएको छ ।