शनिबार १३ नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं, २६ चैत । नेपालमा पछिल्ले २४ घण्टामा १३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


