रणवीर र आलियाको विवाह अप्रिल १७ मा हुने

एजेन्सी, २६ चैत । रणवीर कपूर र आलिया भट्टको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । यो दम्पतीले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका हुन् ।
विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ । आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् । विवाहका लागि महेश भट्टले पनि आफ्नो सुटिङबाट विश्राम लिएका छन् ।
रबिनले भने, ’विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइन्छ । विवाह समारोह चार देखि पाँच दिनसम्म चल्नेछ, त्यहाँ विभिन्न समारोहहरू हुनेछन् । यी दुईको विवाह सामान्य पञ्जाबी शैलीमा आरके हाउसमा हुनेछ। अहिले विवाहमा कति जना आउने भन्ने कुरा मलाई थाहा छैन । म आफैँ पनि पाहुना हुँ । विवाह अप्रिल १७ तारिखको राति हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


