पपस्टार रिहाना विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फोरबसूचीमा समावेश

एजेन्सी, २६ चैत । पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ । उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।
तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए । साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव पारेको थियो। आमाबाबु छुट्टिएपछि रिहाना आफ्नो बुबासित बस्न थालिन् ।
उनका बाबु रक्सी पिउने कुलतमा फसेका थिए । यस्तो अवस्थामा उनले रिहानालाई धेरै दुःख दिने गर्थे । उनो काली भएको कारण स्कूलमा पनि रिहानालाई दुर्व्यवहार गरियो। त्यसैकारण यो पीडा कम गर्न रिहानाले गीत गाउन थालिन् ।
१५ वर्षको हुँदा उनी निर्माता इभान रोजर्सले लिएको अडिसनमा आइपुगिन्। यो उनको जीवनको एउटा निर्णायक मोड थियो । त्यसपछि उनी संसारकै लोकप्रिय पपस्टार बनिन् ।
रोजर्सले एक पटक अडिसनमा रिहानाको उपस्थितिको सम्झना गर्दै भनेका थिए, “जब उनी कोठाभित्र आइन्, कोठामा अरू दुई जना केटीहरू अस्तित्वमा छैनन् जस्तो देखिन्थ्यो। त्यहाँ उनी मात्र छाएकी थिइन् । ’
त्यसपछि रिहाना कनेक्टिकट गइन्। त्यहाँ उनी रोजर्स र उनकी पत्नीसित बस्न थालिन् । त्यहाँ उनले ४ वटा गीत रेकर्ड गरिन् र त्यसपछि रातारात स्टार बनिन् । जब मैले बार्बाडोस छोडेर गएँ, मैले पछाडि फर्केर हेरिनँ, रिहाना भन्छिन् ।
ट्विटरमा उनको १० करोड ५० लाख अनुयायीहरू छन् भन्ने तथ्यबाट विश्वमा रिहानाको लोकप्रियताको अनुमान लगाउन सकिन्छ ।
ट्विटरमा विश्वका सबैभन्दा फलोअर्स भएकाहरू मध्ये रिहाना चौथो स्थानमा आउँछिन् । रिहानालाई इन्स्टाग्राममा १२ करोड ६० लाखले फलो गर्छन् छन् । रिहाना हलिउड फिल्म ब्याटलशिप र ’ओसियन्स ८’ जस्ता थुप्रै चलचित्रमा पनि देखा परेकी छिन् । ३२ सालकी रिहानाको फेन्टी नामले आफ्नै फेसन ब्राण्ड छ । रिहानाका २ जना भाइ र ३ जना सौतेनी बहिनीहरु छन् । साथै ऋहाना हाल आमा बन्ने तयारीमा छिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


