अमेरिकामा भएको बन्दुक हमलामा परी एकजनाको मृत्यु

एजेन्सी, २६ चैत । अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाको मृत्यु भएको छ ।
अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख किचान्त सेवेलले जानकारी दिए ।
अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


