पुटिनका छोरीहरू प्रतिबन्धको सूचीमा

एजेन्सी, २६ चैत । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ ।
रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।
बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।
तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरूलाई प्रतिबन्ध लगाउने पहल स्वरूप बेलायतको पछिल्लो कदम आएको हो ।
युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरुले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


