चितवन, २६ चैत । चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत शनिबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसले लतितपुर महानगरपालिकामाथि ३–० को सहज जित हात पारेको हो । उसलाई जित दिलाउन निरु थापाले दुई तथा अमृता जैसीले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा निरुको गोलमार्फत् पुलिसले अग्रता लिएको थियो ।

७४ औं मिनेटमा निरुले नै पेनाल्टीमार्फत् टोलीको अग्रता दोब्बर बनाइन् । ८० औं मिनेटमा अमृताले गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाइन् ।

यो जितसँगै दोस्रो स्थानमा रहेको पुलिसले ६ खेलमा १५ अंक जोड्दा पराजित ललितपुर समान खेलबाट तीन अंकका साथ छैटौं स्थानमा छ ।