युक्रेनको रेल्वे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढीको मृत्यु, १०० भन्दा बढी घाइते

एजेन्सी, २५ चैत । युक्रेनमा एक रेल्वे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो । रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो ।
युक्रेनका रेल प्रमुखले भनेका छन्, ‘स्टेशनमा दुुई रकेट हमला भएको थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निक्लने एक ठूलो माध्यम थियो ।’
दोनेत्स्कको क्षेत्रिय गभर्नरका अनुसार प्रहरी र बचाउकर्मीले ठूलो संख्यामा मानिसको लास फेला पारेका थिए र कयौ घायते पनि फेला परेका थिए । जुन समयमा यो स्टेशनमा हमला भएको थियो, उक्त समयमा यहाँ हजारौ संख्यामा मानिस रहेको दावी उनले गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


