एजेन्सी, २५ चैत । कोष्टारिकामा कार्गो कम्पनी डीएचएलको एउटा बोइङ ७५७ विमान आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ ।

कोष्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान धावनमार्ग दुर्घटनामा परेको हो ।

सामान्य रुपमा नै अवतरण गरेको विमान धावनमार्गमा झरेर केही गुडेपछि यु टर्न हुन्छ र धावनमार्गबाट बाहिर चौरमा पुग्छ । त्यसपछि विमान बीचमा भाँचिएर दुई टुक्रा भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।