संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट रुस निलम्बित

एजेन्सी, २५ चैत । रुस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ ।
संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बुचामा भएको मानवअधिकार उल्लङ्घनलाई लिएर भएको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघमा रुसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए ।
भोटिङ प्रक्रियामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो ।
चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


