रुसी राष्ट्रपति पुटिनका दुई छोरीमाथि प्रतिबन्धको घोषणा

एजेन्सी, २५ चैत । बेलायत सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
युक्रेनमाथिको रुसी आक्रमणमा उनीहरू पनि जिम्मेवार रहेको ठहर गर्दै बेलायत सरकारले उनीहरूमाथि प्रतिबन्धको घोषणा गरेको हो ।
बेलायतको विदेश कार्यालयले पुटिनकी छोरी ३५ वर्षीया कटेरिना भ्लादिमिरोभना टिखोनोभा र ३६ वर्षीया मारिया भ्लादिमिरोभना भोरोन्टोभामाथि प्रतिबन्ध लगाएको हो । सरकारले उनीहरूलाई यात्रा प्रतिबन्ध र सम्पत्ति रोक्का गरेको जनाएको छ ।
विदेश सचिव लिज ट्रसले यो कदमले पुटिनको शासनबाट फाइदा लिनेहरूले ’परिणाम भोग्नुपर्नेछ’ भन्ने सुनिश्चित गरेको बिबिसीले उल्लेख गरेको छ ।
त्यस्तै बेलायतले रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी छोरी ३९ वर्षीया येकातेरिना सर्गेइभना विनोकुरोभामाथि पनि प्रतिबन्ध लगाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


