काठमाडौं, २५ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा श्री भगवती क्लब विजयी भएको छ ।

श्री भगवतीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आज सम्पन्न खेलमा वीरगञ्ज युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो ।

श्री भगवतीलाई जित दिलाउन दुवै गोल अनुज भण्डारीले गोल गरे । खेलको ४८ औं मिनेटमा अनुजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा अनुजले नै व्यक्तिगत दोस्रो गोल गर्दै श्री भगवतीलाई २–० को सहज जित दिलाए ।

यो जितसँगै लिगमा सुखद अन्त्य गरेको श्री भगवतीले १३ खेलमा १८ अंक जोड्दा पराजित वीरगन्जले समान खेलमा १६ अंक जोड्यो ।