राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा पुलिस र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

काठमाडौं, २५ चैत । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
पाल्पाको रानीमहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेल लुम्बिनीले २१–१७ र २१–१४ ले आफ्नो पक्षमा पार्याे ।
यस्तै दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले पनि गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो ।पुलिसले खेल २१–१९ र २१–९ ले जितेको हो ।
क्वाटरफाइनलमा लुम्बिनी प्रदेशले विभागीय टोली एपिएफलाई २१–१७ र २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सुदूरपश्चिम बागमती प्रदेशलाई २१–८ र २१–७ तथा नेपाल पुलिस प्रदेश–१ माथि २१–१ र २१–६ को सोझो सेटको जित हात पार्दै सेमिफाइनल पुगेका थिए ।
गण्डकीले कर्णाली प्रदेशलाई २१–१२,२१–२३ र १५–८ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहिबारबाट सुरु भएको तीन दिने प्रतियोगितामा ९ टोली सहभागी थिए ।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


