रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

एजेन्सी, २४ चैत । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।
‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहले युद्धको ४२ औं दिनमा भनेको छ ।
रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ ।
रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् ।
सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइन प्रयोग गरिरहेका छन् ।
हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ ।
युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


