बर्नेलीविरुद्ध एभर्टन ३–२ ले पराजित

एजेन्सी, २४ चैत । इंग्लिस प्रिमियर लिगमा बर्नेलीविरुद्ध एभर्टन ३–२ ले पराजित भएको छ । गएराति ट्रफ मोरमा भएको खेलमा घरेलु टोली बर्नेलीको जितमा नाथन कोलिन्सले १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाए ।
१८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गर्दा एभर्टन १–१ को अवस्थामा आयो । ४१ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीबाटै व्यत्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २–१ ले अघि बढाए ।
५७ औं मिनेटमा जे रोड्रिगेजले गोल गर्दै बर्नेलीलाई २–२ को बराबरीमा ल्याए । ८५ औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
यो जितसँगै बर्नेली २९ खेलमा २४ अंकका साथ १८ औं स्थानमा उक्लिँदा पराजित एभर्टन समना खेलबाट २५ अंकका साथ १७ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


