लोसपा अध्यक्ष ठाकुर स्वास्थ्य लाभ गरि अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य लाभ गरि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बुधबार बिहान भैरहवामा स्वास्थ्य अवस्था खराब भएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो । उनी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।
बुधबार उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । सम्पूर्ण जाँच परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले अध्यक्ष ठाकुरलाई डिस्चार्ज गरेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।
उनलाई ज्वरो र झाडापखाला सुरु हुँदा भैरहवाको स्थानीय अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । स्वास्थ्य जाँचपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
उनलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतका व्यक्तिहरु अस्पताल पुगेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


