बिहीबार ७ नयाँ संक्रमित थपिँदा २५ जना संक्रमणमुक्त

काठमाडौं, २४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७१७ जना होम आइसोलेसनमा र ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


