काठमाडौं, २३ चैत । अभिनेत्री सुष्मा कार्की गायिकाको रूपमा पनि प्रस्तुत भएकी छन् । उनी सिने गुरुङको गीत ‘मन’ को कभर भर्सनबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनले गीत गाउँदै गरेको भिडियो पनि बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । बेलाबेलामा विभिन्न कारणले चर्चा र विवादमा छाउने कार्कीको अभिनय र नृत्यसमेत राम्रो मानिँदै आएको छ ।

आफ्नो मन भुलाउन बेलाबेलामा गति गाउँदै आएको सुष्माले बताइन् । ‘म बेला बेलामा कभर भर्सन गाउँदै आएकी छु । यो गीत पनि मैले मन भुलाउन गाएकी हुँ’ सुष्माले भनिन् ‘एक हिन्दी सहित अझै केही गीत ल्याउँदैछु ।’