काठमाडौं, २३ चैत । नेपाली कथानक चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र टेलिसिरियल ‘जुरे खुर्सानी’का निर्देशक शिवहरि पौडेलले निर्देशन गरेका हुन् । पौडेलले निर्देशन गरेको यो पहिलो चलचित्र हो ।

चलचित्रमा दिलीप रायमाझी, प्रियंका कार्की, सरोज खनाल, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

चलचित्र आगामी वैशाख २३ गते प्रदर्शनमा आउनेछ ।