एजेन्सी, २३ चैत । श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ ।

देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए ।

त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ ।

आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।