काठमाडौं, २३ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा सामाजिक युथ क्लब विजयी भएको छ ।

सामाजिकले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टुसाल युथ क्लबमाथि २–० को सहज जित हात पारेको हो । उसलाई जित दिलाउन दुवै गोल सुरेश खत्रीले गरे ।

खेलको छैटौं मिनेटमा सुरेशको गोलमार्फत सामाजिकले अग्रता दिएको थियो । पहिलो हाफको थप गरिएको समयमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सामाजिकले २–० को सहज जित हात पा¥यो । जितसँगै सामाजिकले १२ खेलमा १४ अंक जोड्दा पराजित टुसालको पनि समान खेलबाट १४ नै छ ।