चितवन, २३ चैत । चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विराटनगर महानगरपालिका विजयी भएको छ ।

विराटनगरले धनगढी उपमहानगरपालिकामाथि १–० को साँघुरो जित हात पारेको हो ।

खेलको ९० औं मिनेटमा विपना राईले गरेको एक मात्र गोल विराटनगरको जितमा निर्णायक बन्यो ।

योजितसँगै पाँच खेलमा १० अंक जोडेको विराटनगर दोस्रो स्थानमा उक्लिँदा पराजित धनगढी समान खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ ।