काठमाडौं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दा १० र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ५७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६८५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७२६ जना होम आइसोलेसनमा र ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १२ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।