प्रादेशिक अस्पतालमा कार्यरत्त एक स्टाफ नर्सको मृत्यु

जनकपुरधाम, २३ चैत । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एक स्टाफ नर्सको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालको डायलसिस वार्डमा कार्यरत्त अन्दाजी ३० वर्षीया दीपा कामतको मृत्यु भएको हो ।
चैत २१ गते नै उनको निधन भएको प्रादेशिक अस्पतालले बुधबार एक शोक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
ब्लड क्यान्सरबाट पीडित कामतको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रादेशिक अस्पतालका अधिकृत रामटहल यादवले जारी गरेको शोक विज्ञप्तीमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति संवेदना व्यक्त गरिएको छ ।
दीपा जनकपुर नर्सिंग कलेजबाट स्टाफ नर्स अध्ययन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


