काठमाडौं, २२ चैत । नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाह अहिले कारागारमा छन् । तर उनी अभिनीत म्युजिक भिडियो भने लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ रहेको छ ।

गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतले ९ लाख बढी दर्शक पाउँदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न सफल भएको हो ।

गीतमा निसान भट्टराई र विष्णु माझीको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा पल शाहको जोडी अभिनेत्री एलिजा गौतम बनेकी छन् । शिव विकले निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।