काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ५१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७७१ जना होम आइसोलेसनमा र ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।