काठमाडौं, २२ चैत । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्ने भएको छ ।

किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल र उज्वेकिस्तानबीचको खेल २७ चैतमा हुनेछ । दोस्रो खेलमा नेपालले २८ चैतमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग २९ चैतमा खेल्नेछ । छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

प्रतियोगिताका लागि किर्गिस्तान प्रस्थान गर्ने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ ।

नेपाली टोली :

गोलकिपर – अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो – विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
एला – आदिम हामिद, कृजल खड्का, मनि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट – हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ