विदेह नगरपालिकाकी उपप्रमुख मण्डल र युवा नेता कर्ण एमालेमा प्रवेश

जनकपुरधाम, २२ चैत । धनुषाको विदेह नगरपालिकाकी उपप्रमुख निलम मण्डल नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव एमालेमा प्रवेश गरेको एक दिन नबित्दै उनले पनि एमाले रोजेकी हुन् ।
त्यस्तै मधेस आन्दोलनको समयमा अग्रस्थानमा रहेका युवा नेता सुशिल कर्ण पनि एमालेमा प्रवेश गरेका हुन् ।
मधेस केन्द्रित दल त्याग्दै उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादवसमेत एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नवप्रवेशीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


