काठमाडौं, २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सोमबार सम्बोधन गरेका छन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा ओलीले कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र सोमबार ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गरेको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए ।

उनका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।