एजेन्सी, २१ चैत । भारतीय संगीतकार रिकी केजले ग्रामी अवार्ड पाएका छन् ।

अमेरिकाको लस भेगासको आयोजना गरिएको ६४ औं ग्रामी अवार्ड समारोहमा केजले पाएको यो दोस्रो ग्रामी अवार्ड हो ।

उनले ब्रिटिश रक ब्यान्ड ‘द पुलिस’का ड्रमर स्टेवार्ट कोपल्याण्डसँग ‘बेस्ट न्यू एज एल्बम’ को अवार्ड पाएका हुन् ।

उनको एल्बम ‘डिभाइन टाइड्स’का लागि यो अवार्ड दिइएको हो ।

ट्विटरमा तस्वीर राख्दै केजले लेखेका छन्, ‘हाम्रो एल्बम डिभाइन टाइड्सको लागि ग्रामी अवार्ड दिँदा धेरै आभारी छु । मलाई यो जीवित लिजेन्ड– स्टेवार्ट कोपल्याण्ड मन पर्छ, मेरो छेउमा उभिएको छन् । तपाईं सबैलाई मेरो माया ! यो मेरो दोस्रो ग्रामी अवार्ड हो र स्टेवार्टको छैटौं ।’

रिकी केज अमेरिकामा जन्मेका थिए तर अहिले बैंगलोरमा बस्छन् ।

यसका अलावा पाकिस्तानी गायक उरुज आफताबलाई ‘बेस्ट ग्लोबल पर्फर्मन्स’को लागि ग्रामी अवार्ड दिइएको छ ।

योसँगै उनी ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला बनेकी छन् ।

ग्रामीलाई संगीतको क्षेत्रमा प्रदान गरिने उत्कृष्ट अवार्डको रूपमा मानिने गरिन्छ ।