सोमबार ३३ नयाँ संक्रमित थपिए, ८९ जना सउंक्रमणमुक्त

काठमाडौं, २१ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ८९ जना सउंक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६४८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८०६ जना होम आइसोलेसनमा र ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


