त्रिकोणात्मक टी–२० मा दिपेन्द्रसिंह ऐरी सर्वाेत्कृष्ट खेलाडी चुनिए

काठमाडौं, २१ चैत । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरी सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।
नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिरिजको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
सिरिजमा दिपेन्द्रले पाँच खेल खेल्दै एक शतक र २ अर्धशतकसिहत कुल २५५ रन जोड्दा ७ विकेट लिएका थिए ।
पिएनजीविरुद्ध सोमबारको फाइनलमा उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ब्याटिङमा उनले अविजित ५४ रनको अर्धशतकीय पारी खेल्नुका साथै बलिङमा ४ विकेट लिएका थिए ।
दिपेन्द्र फाइनलको प्लेयर अफ द म्याच समेत चुनिए । सर्वाेत्कृष्ट खेलाडी भए बापत उनले ५०० डलर प्राप्त गरे ।
करण केसी सिरिजको उत्कृष्ट बलर चुनिएका छन् । उनले सिरिजका पाँच खेलमा १३ विकेट हात पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


