जनकपुरधाम, २० चैत । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. श्याम बाबु यादव चयन भएका छन् ।

संघको १० औं राष्ट्रिय सम्मेलनद्वारा डा. यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शंकर गौतम, महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, प्रदेश १ को प्रादेशिक उपाध्यक्षमा डा. अभिषेक ताम्राकार, मधेस प्रदेशमा डा. सुजित यादव, वाग्मती प्रदेशमा डा. नन्दन कँडेल, गण्डकी प्रदेशमा डा. सरोज कुमार राय, लुम्बिनी प्रदेशमा डा. देवराज केसि, कर्णाली प्रदेशमा डा. शंकर प्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. खगेन्द्र बहादुर बम चयन भएका छन् ।

त्यस्तै, संघको महासचिवमा डा. कोपिला अधिकारी, सचिवमा डा. प्रेरक रेग्मी र कोषाध्यक्षमा डा. शारदा खनाललाई चयन गरिएको छ ।

संघको सदस्यहरुमा डा. नरेन्द्र लामिछाने, डा. कैलाश न्यौपाने, डा. ऋषि केशव भुसाल, डा. राज कुमार साह, डा. हरि खनाल, डा. सुवर्ण पौडेल, डा. जितेन्द्र श्रेष्ठ (जनजाति), डा. दीपक कुमार मण्डल (मधेसी), डा. सरिता बजगाईं (महिला) र डा. कलावती विक (दलित) चयन भएका हुन् ।