एजेन्सी, २० चैत । पोलिस स्टार इगा स्विटेकले मयामी ओपन टेनिसको उपाधि हात पारेकी छन् ।

उनले शनिबार राति सम्पन्न फाइनल खेलमा जापानकी नाओमी ओसाकालाई २–० को सोझो सेटमा पारजित गरेकी हुन् ।

इगाले खेल ६–४ र ६–० ले आफ्नो पक्षमा पारिन् । योसँगै उनी डब्ल्युटिए माटर्स–१००० मा लगातार तीन वा सोभन्दा बढी उपाधि जित्ने तेस्रो खेलाडी बनेकी छन् ।

यसअघि उनले दोहा ओपन र इण्डियन वेल्सको उपाधि हात पारेकी थिइन् ।

यसअघि सेरेना विलियम्सले सन् २०१३ मा मियामी, मड्रिड,रोम र टोरेन्टो ओपनको उपाधि तथा क्यारोलिन वोज्नियाकीले सन् २०१० मा मोन्टेरियल, टोकियो र बेइजिङ्ग ओपनको उपाधि जित्दै योप उपलब्धि हात पारेका थिए ।

त्यस्तै, उनी इण्डियन वेल्स तथा मयामी ओपन जित्ने चौथो महिला खेलाडी समेत बनेकी छन् । यसअघि यो उपलब्धि स्टाफी ग्राफ, किम क्लिस्टार्स र भिक्टोरिया अजारेन्काले हात पारेका थिए ।