कमलसिंह ऐरीको सफल शल्यक्रिया

काठमाडौं, २० चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ ।
आइतबार बिहान कलंकीस्थित नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निरन्जन सुवेदीको टोलीले कमलको शल्यक्रिया गरेका हुन् ।
फिल्डिङ गर्ने क्रममा १८ औं ओभरमा आदिल अन्सारीको बलमा मलेसियाका ब्याटर एनुल हफिजले प्रहार गरेको बल रोक्ने क्रममा कमल घाइते भएका हुन् ।
बल रोक्न डाइभ हान्ने क्रममा घाँटीमुनिको बायाँ भागको ब्युटी बोनमा चोट लागेको थियो । शल्यक्रियापछि हड्डी ठिक हुन कम्तीमा ६ हप्ता लाग्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


