ब्राजिलमा बाढीपहिरोमा परी १४ जनाको मृत्यु, ५ जना बेपत्ता

एजेन्सी, २० चैत । अविरल वर्षापछिको बाढीपहिरोमा परी ब्राजिलको रियो दी जेनेरियो राज्यमा ८ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।
दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ ।
आगामी दिनमा अझै धेरै वर्षा हुने अनुमान गरिएको छ ।
बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर पनि बगाएको थियो ।
उद्दार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् ।
६ साताअघि पेट्रोपोलिस सहरमा अविरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


