इमरान खानद्वारा संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

एजेन्सी, २० चैत । पाकिस्तानको राष्ट्रियसभामा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । त्यसलगत्तै उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
राष्ट्रियसभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका हुन् ।
खानले देशवासी सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताए । सम्बोधनमा उनले भने,’हामी न्यायका लागि जनतामाझ जानेछौँ । आगामी निर्वाचनको तयारी गर्न जनतालाई अपिल गर्दछौं ।’
त्यसअघि पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको अविश्वासको प्रस्ताव खारेज गरिए ।
योसँगै राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित गरिएको थियो । त्यसलगत्तै खानले राष्ट्रपतिलाई राष्ट्रियसभा भंग गर्न सिफारिस गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


