अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा बास्तोला

चितवन, १९ चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा रहेको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा विष्णुप्रसाद बास्तोला निर्विरोध चयन भएका छन् ।
भरतपुरमा भएको तेस्रो अधिवेशनले बास्तोलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा रोशन पट्टेल र सचिव कला बसेल निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा अस्मिता ज्ञवाली र सहसचिवमा अनु पौडेल चयन भएका छन् ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ माओवादी निकट जनस्वास्थ्यकर्मीको छाता संगठन हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


