शनिबार ११ नयाँ संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौं, १९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० र १ हजार २७७ एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९० रहेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।
संक्रमितमध्ये ९०२ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


