एजेन्सी, १९ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार रातिको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

कोलकाताले दोस्रो जित निकाल्ने क्रममा पञ्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेको हो ।

१३८ रनको लक्ष्य कोलकाताले १४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे ।

३१ बलको सामना गरेका उनी आठ छक्का र दुई चौकासहित ७० रनमा अविजित रहे ।

कप्तान श्रेयस अय्यरले २६ रन जोड्दा साम बिलिङ्ग्स २४ रनमा अविजित रहे ।

पाँचौ विकेटका लागि रसेल र बिलिङ्ग्सले अविजित ९० रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

कोलकाताका लागि राहुल चहरले दुई तथा ओडियन स्मिथ र कागिसो राबडाले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

उसका लागि भानुका राजापाक्षे सर्वाधिक ३१ रनको योगदान दिए । ९ बलमा सामना गरेका उनले समान तीन चौका र छक्का प्रहार गरे ।
कागिसो राबडाले २५ र लियम लिभिङ्गस्टोनले १९ रन जोडे ।

कोलकाताका लागि उमेश यादवले चार, टिम साउदीले दुई तथा शिवम् मावी, सुनिल नारायण र आन्द्रे रसेलले एक/एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताले ३ खेलमा ४ अंक जोड्दा पराजित पञ्जाब २ खेलबाट २ अंकका साथ छैटौं स्थानमा छ ।