दीपेन्द्रले तोडे ज्ञानेन्द्रको कीर्तिमान

काठमाडौं, १९ चैत । नेपाली टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान तोडेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा एकै पारीमा सर्वाधिक रन बनाउने मामलामा ज्ञानेन्द्रको रेकर्ड तोडेका हुन् ।
दीपेन्द्रले यो उपलब्धि घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध हासिल गरे । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित ११० रनको अविजित शतकीय पारी खेले ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय एक पारीमा सर्वाधिक रन बनाउने रेकर्ड ज्ञानेन्द्रको नाममा थियो । उनले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १०७ रनको पारी खेलेका थिए । अब मल्लको सो रेकर्ड ऐरीले तोडेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


