ब्राभोले आइपिएलमा बनाए नयाँ कीर्तिमान

एजेन्सी, १८ चैत । चेन्नई सुपर किङ्ग्सका अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान बनाएका छन् ।
बिहीबार राति लखनउ सुपर जायन्ट्सका दीपक हुडाको विकेट लिँदै ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर बनेका हुन् ।
ब्राभोले मुम्बई इन्डियन्सका पूर्वबलर लासिथ मालिङ्गालाई पछि पार्दै यो सफलता हात पारेका हुन् । उनले १५२ खेलमा १७१ विकेट लिँदा मलिंगाले १२२ खेलमा १७० विकेट लिएका छन् ।
सन् २००८ मा मुम्बिई इयिन्सका लागि आइपिएल डेब्यु गरेका ब्राभो सन् २०११ मा मुम्बई इण्डियन्सबाट चेन्नई आएका थिए ।
तर, चेन्नइ दुई वर्ष प्रतिबन्धमा परेपछि उनले गुजरात लायन्सबाट २०१६ मा खेलेका थिए । ब्राभोले सन् २०१७ को आइपिएल भने गुमाए ।
२०१८ मा चेन्नइले पुनः टोलीमा फर्काएको थियो । यस सिजनमा भने चेन्नईले अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको थियो ।चेन्नइलाई २०१८ र २०२१ को उपाधि जिताउन उनले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।
मध्य गतिमा बलिङ गर्ने उनले डेथ ओभरमा लगातार विकेट लिनुका साथै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् ।
ब्राभोले मुम्बईका लागि २६, गुजरातका लागि १७ र चेन्नइका लागि १२८ विकेट हात पारेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


