शुक्रबार २२ नयाँ संक्रमित थपिए, ७५ जना संक्रमणमुक्त

काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा १६ र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ७५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९८१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९७१ जना होम आइसोलेसनमा र ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


