एजेन्सी, १८ चैत । निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्याे । ‘कुछ कुछ होता है’, ‘कभी खुसी कभी गम’लगायतका फिल्म उनको परिचय हो ।

उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् ।

उनले गत वर्ष ‘घोस्ट स्टोरी’ फिल्मको निर्देशन गरेका थिए । यद्यपि फिल्मले सोचेजतिको सफलता भने पाउन सकेन ।

करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही समय अगाडि मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले छिट्टै एक्सन फिल्म निर्देशन गर्ने बताएका थिए ।
उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन् ।

करणले ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएकाले करणले उनलाई अनुबन्ध गर्ने तयारी थालेका हुन् ।

करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्नेसमेत बताएका छन् ।