जनकपुरधाम, १८ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी गठबन्धन अनुसार अघि बढ्ने बताएकी छन् ।

शुक्रबार जनकपुरधाममा संचारकर्मीसंग कुराकानी गर्दै मन्त्री यादवले विभिन्न परिस्थितीलाई मध्यनजर गर्दै जसपा गठबन्धनकै निर्णयलाई आत्मसात गर्दै त्यही हिसाबले अघि बढने बताएकी हुन् ।

मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसकेपनि आवश्यकता अनुसार गबन्धन गर्न सकिने बताइन् ।

उनले राजनीतिमा हरेक थोक सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसंग पनि गठबन्धन हुन सक्ने भन्दै उनले यसका लागि मन र नियत साफ हुनुपर्ने बताइन् ।

गठबन्धनका लागि मुख्य विषय एजेण्डा र विचार रहेकाले लोसपा सही नियतका साथ आए सम्भावना अझै जिवित रहेको उनको तर्क छ ।

मन्त्री यादवले भारतको राजधानी दिल्लीबाटै रेल्वेको समुदघाटन हुने बताइन् । नेपाल रेल्वेको समुदघाटन समेत प्रधानमन्त्री देउवाको भारत भ्रमणको मुख्य एजेण्डा रहेको उनले बताइन् ।