काठमाडौं, १७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ८९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६५ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार २६ जना होम आइसोलेसनमा र ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।