बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाइयो

काठमाडौं, १७ चैत । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाइएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
खेलाडीलाई एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा बोलाइएको हो ।
नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । छनोटको समूह ’ए’ मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । यो समूहको छनोट खेल कुवेतमा हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरूवात गर्नेछ । नेपालले दोस्रो खेल ११ जुनमा कुवेत तथा तेस्रो खेल १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
प्रशिक्षणमा बोलाइएका खेलाडी :
किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, नवयुग श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, एरिक विष्ट,सुमन अर्याल, आयुष घलान, विकास खवास, पुजन उपरकोटी, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, दिनेश राजवंशी, मनिष डाँगी, सन्तोष तामाङ, तेज तामाङ , सुमन लामा, गौतम श्रेष्ठ, सुनिल बल, सुरज ज्यु ठकुरी
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


