काठमाडौं, १७ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बिहीबारको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्समा खुमलटारले श्री भगवती क्लबलाई ४–२ ले हराएको हो ।

खेलको २१ औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा सन्तोष केसीले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५५ औं मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ ले अघि बढाए ।

८३ औं मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए ।

८९ औं मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दा खुमलटार ४–१ ले अघि बढ्यो ।

थप गरिएको समयमा श्री भगवतीका राजु गुरुङले गोल गरे पनि खुमलटार ४–२ ले विजयी भयो ।

यो जितसँगै खुमलटारले १० खेलमा १५ अंक जोड्दा पराजित श्री भगवतीको समान खेलबाट १४ अंक छ ।