स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकको मृत्यु

जनकपुरधाम, १७ चैत । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।
बिहिवार जनकपुरधामस्थित पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


